D
Dipak thapa@97669287lSyahi
आमाले हरेक बिहान ढोकातिर हेर्थिन्, हरेक चाडमा छोराको मनपर्ने परिकार पकाउँथिन्। तर ती परिकार चिसिँदै गए, र प्रतीक्षा लम्बिँदै। जब छोरो अन्ततः घर पुग्यो, आमाका आँखा सधैंका लागि चिम्लिसकेका थिए। सिरानीमुनि एउटा चिठ्ठी थियो, तिमी ढिलो आए पनि मेरो कुनै गुनासो छैन, सधैं खुसी रहनू। समय पर्खिन्छ, आमाबुबा पर्खिँदैनन्।

Related

View all

Comments

No comments yet.